२०६६ पुस ४ - चालू क्रसिङ सिजनका लागि र्सलाहीको इन्दु शंकर र बाराको मामकौर चिनी उद्योगले किसानको मागअनुसार चिनीको मूल्य निर्धारण गर्न सहमति जनाएका छन् । दुवै उद्योगले प्रतिक्विन्टल उखुको मूल्य ४ सय १ रुपैया" कायम गरेका छन् । उक्त मूल्य गत वर्षो भन्दा प्रतिक्विन्टल १ सय ७१ रुपैया" बढी हो । उद्यमी र किसान प्रतिनिधि बीच शुक्रबार भएको वार्तामा चिनी उद्योग मूल्य बढाउन सहमत
भएका हुन् ।
र्सलाहीका किसानस"ग उद्योगको वीरगन्जमा भएको वार्तामा सहमति भएको हो । यसअघि तीन चरणमा भएको वार्ता उद्यमीले प्रतिक्विन्टल उखुको ३ सय ४४ रुपैया"भन्दा बढाउन नसक्ने बताएपछि बिना निष्कर्षटुंगिएको थियो । उखु किसानले भने सुरुदेखि ४ सय १ मूल्य कायम गर्न माग गर्दै आएका थिए ।
पटकपटकको वार्ता नमिलेपछि एकसाताअघि हरिऔनमा भएको किसान भेलाले अनिणिर्त वार्तामा राखेको मागभन्दा बढाएर उखुको मूल्य ४ सय २७ कायम हुनुपर्ने नया" माग अघि र्सार्ने निर्ण्र्ाागरेको थियो । उनीहरूले सोही बेहोराको ज्ञापनपत्र उद्यमीलाई दिएर एकसाताभित्र माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
ज्ञापनमा दिएको म्यादभित्रै शुक्रबार उद्योगले किसानलाई वार्तामा बोलाएर अघिल्लो वार्तामा राखेको मागअनुसार मूल्यदिन सहमत भएको हो । वार्तामा सहभागी मिलगेट उखु उत्पादक समितिका उपाध्यक्ष राजकुमार उप्रेतीले उत्पादन लागत र चुलिएको मह"गीका कारण किसानले राखेको जायज मागमा उद्यमीलाई सहमत गराउन सफल भएको प्रतिक्रिया दिए ।
'हामीले सहमति गरेभन्दा बढी नै माग गरेको भए पनि सन्तोषजनक मूल्य पाएकाले सहमति गर्यौं,' उनले भने, 'किसानकै लागि पनि चा"डै मिल सञ्चालन हुनर्ुपर्ने भएकाले सुरु माग अनुसारकै मूल्यमा सहमति भयो ।'
उद्योगले उखुको मूल्य भने ३ सय २० मात्र कायम गर्दै थप रकम अन्य सुविधा अर्न्तर्गत दिने भएको हो । वार्तामा सहभागी उखु उत्पादक किसान समाजका अध्यक्ष देवनारायण महतोका अनुसार भ्याट छुटबापत ४८ र उखु विकासका लागि ३३ रुपैया" थप गरेर उखुको मूल्य ४ सय १ पुर्याइएको जानकारी दिए । भ्याट छुट भए पनि नभए पनि उद्योगले नै बेहोर्ने सहमति भएको उनले बताए । 'हामीले प्रतिक्विन्टल उखुको भुक्तानी ४ सय १ रुपैया" हुनर्ुपर्ने अडान राखेका थियौं,' महतोले भने, 'त्यो पूरा भएपछि वार्ता मिल्यो ।'
वार्तामा इन्दुशंकर चिनी उद्योग र एभरेस्ट सुगर मिल महोत्तरीका सञ्चालकमात्र सहभागी थिए । अन्य उद्योग वार्तामा नआएको किसान प्रतिनिधिले जानकारी दिए । किसानका तर्फाट उखु उत्पादक संघ, मिलगेट उखु उत्पादक समिति, उखु उत्पादक हकहित समिति र उखु उत्पादक किसान समाजका प्रतिनिधि सहभागी थिए ।
बारामा भएको वार्तामा उखु उत्पादकको तर्फाट संघका अध्यक्ष वीरेन्द्र कुशवाहा, सचिव भोला चौधरीलगायत र मामकौर चिनी उद्योगका तर्फाट निर्देशक दीपेश अग्रवाल, महाप्रबन्धक शिवनाथ शर्मा, प्रबन्धक अवधकिशोर सिंह सहभागी थिए । सहमतिपछि उद्योग सञ्चानमा आएको छ । 'सहमतिले उद्योग तथा किसान बीचको नङ र मासुको सम्बन्धलाई कायम राख्न मद्दत मिलेको छ,' उद्योगका निर्देशक अग्रवालले भने । यो वर्षउद्योग सुरु भएको तेस्रो दिन शनिबारसम्म मात्र किसानहरूले ल्याएको एक हजार क्विन्टल उखु यस उद्योगले खरिद गरेको उद्योगका महाप्रबन्धक शर्माले जानकारी गराए ।
यो वर्ष१२ लाख क्विन्टल उखु खरिद गर्ने लक्ष्य रहेको उनको भनाइ छ । 'चिनीको भाउ वृद्धिले उखुको पनि यसपाला भाउ बढ्नु जरुरी थियो,' वार्तामा सहभागी मनहर्वा सखुइका उखु किसान रामानन्द यादवले भने । उनले २० बिघामा उखु लगाएका
छन् । मूल्य निर्धारणको विषयमा उखु उत्पादक संघ र चिनी मिल एसोसिएसनबीच केन्द्रस्तरीयमा पटकपटक वार्ता भइरहे पनि अझै टुंगो लागेको छैन । उखु उत्पादन संघले उखुको मूल्य ४ सय १७ हुनुपर्ने र मिल एसोसिएसनले ३ सय ४४ रुपैया"भन्दा बढी दिन नसक्ने अडान राखेपछि अन्य ठाउ"को हकमा वार्ता मिल्न सकेको छैन । 'हाम्रो सहमतिले अरू ठाउ"को सहमतिका लागि ढोका खोलेको छ,' उखु उत्पादक संघ बाराका अध्यक्ष कुशवाहाले भने । मूल्य पाएपछि किसानहरू धमाधम उखु काट्न थालेका छन् ।

