Loading...

Sunday, April 26, 2009

कर्फ्यु हट्ने बित्तिकै झडप

उदयपुर, वैशाख १३ (रासस)- उदयपुरको सदरमुकामस्थित सडकमा ढुङ्गा तेर्स्याइ अवरोध गरिरहेका आन्दोलनरत थारुहरुलाई प्रहरीले लाठी प्रहार गर्दा आइतबार बिहान १२ जना घाइते भएका छन्।

शनिबार साँझ प्रहरी र थारु समुदायबीच स्थानीय मिलनचोकमा झडप भएपछि स्थानीय प्रशासनले आइतबार बिहान ५ बजेसम्म कर्फ्यु लगाएको थियो।

कर्फ्यु हटेलगत्तै मोतीगडाचोकमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको थियो ।

थरुहट सङ्घर्ष समितिका उदयपुर जिल्ला सह-संयोजक प्रदीप चौधरीका अनुसार सो झडपमा आन्दोलनकारी थारुहरु घाइते नभई बाटोमा हिँड्नेहरु घाइते भएका हुन्।

घाइतेहरुको अहिले स्थानीय मेडिकल हलहरुमा उपचार भइरहेको छ।

0 comments:

Post a Comment