Loading...

Sunday, June 14, 2009

चुरे भावरका अध्यक्ष कारबाहीमा

 चुरे भावर राष्ट्रिय एकता पार्टीको राजधानीमा सम्पन्न पहिलो महाधिवेशनले हिमालयभक्त प्रधानांगको अध्यक्षतामा ५९ सदस्यीय सदस्यीय समिति गठन गरेको छ ।
प्रधानांगले महाधिवेशनले पार्टीका सभासद केशवप्रसाद मैनालीलाई साधारण सदस्यबाट समेत निष्काशन गरिएको दाबी गर्दै उनको सभासद पद खारेज गर्ने पहल गरिरहेको बताए ।

चुरे भावरको अर्को पक्षको सर्लाहीको हरिवनमा भएको अधिवेशनले मैनालीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ ।

'मैनाली चुरेभावर क्षेत्रको हक अधिकार बिर्सेर पदलोलुप बन्दै हिडेकाले कारबाहीको घोषणा गरिएको हो', राजधानीमा शुक्रबार आयोजित महाधिवेशनको निर्णयबारे जानकारी गराउँदै भने- 'सभासदबाट निष्काशन गर्न सभामुखलाई पत्राचार गरेका छौं ।' भावरलाई अझै सशक्त र एकताबद्ध बनाएर लैजाने उनको भनाइ थियो ।

वरिष्ठ उपाध्यक्ष एवम् भावर शान्ति सेनाका कमान्डर बाबु थापाले भावरको अधिकारका लागि आफूहरु कसैसामु नडग्ने बताए । महाधिवेशनले ५९ जनाको केन्द्रीय समिति चयन गरेको छ जसमा ५२ जना निर्वाचित र ७ जना मनोनीत सदस्य छन् ।
---
जेठ २९ (नागरिक)

0 comments:

Post a Comment