Loading...

Sunday, April 26, 2009

धनुषामा थप दुई मारिए

पाँच दिनमा छ जना
जनकपुर, वैशाख १३ (नागरिक)- बालबालिका अपहरण गर्ने प्रयास गरेको आरोपमा धनुषामा स्थानीयले दुई जना मारेका छन्। यही आरोपमा पाँच दिनमा धनुषामा ५ र महोत्तरीमा १ गरी ६ जनालाई स्थानीयले मारिसकेका छन्। एक महिलालाई धनुषाको भरतपुरमा चैत ३० गते जिउँदै जलाएका थिए।
दुहबी गोबराहीमा आइतबार बिहान आठ बजे स्थानीय बेचन मण्डलका भतिजा ७ वर्षीय अमित मण्डललाई अपहरण गर्न खोजेको भन्दै गाउँले उत्रेपछि भएको भिडन्तमा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।
जनकपुर अञ्चल अस्पतालको शवगृहमा राखिएको मृतकको सनाखत हुन सकेको छैन। त्यहाँ सनाखत हुन नसकेको अर्को एक महिलाको शव पनि छ। ती महिलालाई पनि दुहबी-४ मा बच्चा अपहरण गरेको आरोपमा कुटेरै मारिएको हो। उनलाई शनिबार साँझ ७ बजे चार पाँच जनाको संख्यामा आएको समूहले बच्चा अपहरण गर्न लागेको भनी कुटपिट गरेका थिए जसबाट उनको मृत्यु भएको थियो।
यस्तै घटनामा सकि्रय रहेको शंकामा प्रहरीले तीन जनालाई त्यहीँबाट पक्राउ गरी धनुषा प्रहरीलाई बुझाएको छ। सीमा सुरक्षा बल दुहबी चौकीका प्रहरी हवल्दार लालबाबु यादवका अनुसार भारतबाट आएको समूहले रहस्यमय तरिकाबाट सीमा क्षेत्रमा आतंक मच्चाएको हो। पक्राउ पर्नेमा २२ वर्षीय एक युवक र अन्दाजी ४० वर्षीया दुई महिला छन्।
प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले यस्ता घटना बढेको उल्लेख गर्दै प्रभावकारी अनुसन्धान आवश्यक भएको बताए। 'यस्ता घटना निरुत्साहित गर्न मानव अधिकारवादीको सहयोग चाहिएको छ'- उनले भने।
---------nagariknews.com...

कर्फ्यु हट्ने बित्तिकै झडप

उदयपुर, वैशाख १३ (रासस)- उदयपुरको सदरमुकामस्थित सडकमा ढुङ्गा तेर्स्याइ अवरोध गरिरहेका आन्दोलनरत थारुहरुलाई प्रहरीले लाठी प्रहार गर्दा आइतबार बिहान १२ जना घाइते भएका छन्।

शनिबार साँझ प्रहरी र थारु समुदायबीच स्थानीय मिलनचोकमा झडप भएपछि स्थानीय प्रशासनले आइतबार बिहान ५ बजेसम्म कर्फ्यु लगाएको थियो।

कर्फ्यु हटेलगत्तै मोतीगडाचोकमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको थियो ।

थरुहट सङ्घर्ष समितिका उदयपुर जिल्ला सह-संयोजक प्रदीप चौधरीका अनुसार सो झडपमा आन्दोलनकारी थारुहरु घाइते नभई बाटोमा हिँड्नेहरु घाइते भएका हुन्।

घाइतेहरुको अहिले स्थानीय मेडिकल हलहरुमा उपचार भइरहेको छ।

Tuesday, April 7, 2009

मोरङमा चुरेभावरका उम्मेदवार पोरखेलमाथि आक्रमण

(दैनिकी)- मोरङ क्षेत्र नम्बर सातका संविधानसभा उपनिर्वाचनका लागि चुरेभावर एकता पार्टीको तर्फबाट उम्मेदवार बनेका डा. सुबोध कुमार पोखरेलमाथि मंगलबार आक्रमण भएको छ। आक्रमण कसले गरेको भन्ने बारे केही खुल्न सकेको छैन। आक्रमणबाट घाइते भएका डा. पोखरेलको उपचार विराट नर्सिङ विराटनगरमा भइरहेको छ। घटनाको विरोधमा चुरेभावर राष्ट्रिय एकता पार्टीले नेपाल बन्दको आह्वान गर्दै अहिले इटहरिमा माइकिङ गरिरहेको एभिन्यूज टेलिभिजनले जनाएको छ। डा. पोखरेल बरिष्ठ स्त्री रोग विशेषज्ञ समेत हुन्।

Monday, April 6, 2009

Lucky draw transfer bid miffs VDC secys

SARLAHI, April 6 - Village Development Committee (VDC) secretaries of Sarlahi district are breathing fire over the decision to transfer them through lucky draw.

It all started after a meeting of nine political parties and Local Development Officer (LDO) Bishnu Raj Lamichhane, held at the LDO's residence on Sunday, decided to transfer secretaries in all 99 VDCs of Sarlahi district through the unique method to maintain impartiality.

VDC secretaries have termed the 'decision' impracticable and threatened to launch a protest if it were not withdrawn immediately. 

Harikantalal Karna, district chairman of the VDC Secretaries' Rights Protection Centre, said on Monday that the VDC secretaries would bring office work to a halt if the authorities concerned did not withdraw the decision within 24 hours.

Among others, it will be impracticable to transfer secretaries from Hariaun to Salempur, Laxmipur to Sangrampur, Harkatawa to Hariaun, the centre maintained.

Karna said, "Some of the VDCs are yet to hold VDC council meetings. Secretaries' transfer at this juncture will freeze the development budget."

Bhagyanarayan Raya, CPN-UML's representative at the meeting, said the transfer decision was in line with popular demand. Raya said, "We decided to opt for the lucky draw method for the secretaries' transfer because this method is fair."

Following objections from VDC secretaries, LDO and parties' representatives met on Monday evening to sort out the matter, but failed to make any decision.

LDO Lamichhane claimed they had not yet decided to transfer the VDC secretaries, terming it a 'rumour'.

-Kantipur-